FAQs Complain Problems

ताजा समाचार

चिङ्गाड गाउँपालिकाको कार्यालय अवलचिङ्ग

Read More

भैरव माध्यमिक विद्यालय अवलचिङ्ग

Read More

जनता मावि रानिवास

Read More

चिङ्गाड गाउँपालिकाको वेवसाइटमा तपाईहरुलाई स्वागत छ ।

सुर्खेत जिल्लाको उत्तर पृर्वमा रहेको यो क्षेत्र अधिकांश भुभाग पहाडी क्षेत्रले बनेको छ । साविकका, रजेना,रानीवास,मटेला,अवलचिङ्ग,पाम्का गा.वि.स हरु मिलेर चिङ्गाड गाउँपालिका बनेको छ । तुलानात्मक रुपमा गोलो आकृती भएको यो गाउँपालिकाको अक्षांश २८ ३१' ५०'' उत्तर देखि २८ ४३' ५०'' उत्तर सम्म र देशान्तर ८१ ४४' ५१'' पूर्व देखि  ८१५५' १४'' पूर्व सम्म  फैलिएको छ । हाल प्रस्तावित यस गाउँपालिकाको २०६८ सालको राष्टिय  जनगणना अनुसार कुल जनसङ्ख्या १७ हजार २ सय ७५ जना रहेकोमा पुरुष ८ हजार २ सय ८७ जना र  महिला ८ हजार ९ सय ८८ जनारहेका छन् । भने क्षेत्रफल १७०.१ वर्ग कि मि रहेको छ। पशुपालन तथा कृषिको उच्च सम्भावना रहेको यस गाउँपालिकामा जातिय रुपमा ब्राहमण,क्षेत्री,मगरहरुको बसोबास रहेको देखिन्छ । यस क्षेत्रका समुदायले नेपाली भाषालाई मातृभाषाको रुपमा प्रयोग गरेको पाईन्छ । यस क्षेत्रमा खेतीयोग्य जमिनका अतिरिक्त ठुलो भू-भाग जंगलले ढाक्नुका साथै भिरालो जमिनले बनेको  हुँदा यस क्षेत्रका मानिसहरु जिपिकोपार्जनका लागि कृषि,पशुपालनका अतिरिक्त नोकरी व्यापार व्यावसायमा संलग्न रहेका छन्  । अहिले पनि बाह्रै महिना सडक यातायातका पहुँच बाट बंचित यस क्षेत्रकका समुदायको समथर जमिनको अत्यन्त अभाव रहेको छ। यस गाउँपालिकालाई ६ वटा वडाहरुमा विभाजन गरिएको छ । जसमा साविकको रजेना गा.वि.स. लाई वार्ड नं. १ ,रानीवास गा.वि.स.लाई वार्ड नं. २,मटेला गा.वि.स. लाई वार्ड नं. ३ र ४,अवलचिङ्ग गा.वि.स. लाई वार्ड नं. ५ र पाम्का गा.वि.स.लाई वार्ड नं. ६ मा विभाजन गरिएको छ । यस गाउँपालिकाको केन्द्रको रुपमा हाललाई साविकको अवलचिङ्ग गा.वि.स. हाल वार्ड नं. ५ लाई तोकिएको छ ।

वडा नं.  १, रजेना साविकका वडा हरु १ देखि ९ सम्म क्षेत्रफल ४०.१७ परिवार संख्या ५५६ जनसंख्या ३०६२ रहेको छ । यसै गरी २ नं. वडा कार्यालय रानीवास   साविकका वडाहरु १ देखि ९ सम्म क्षेत्रफल ३७.१४ परिवार संख्या ५७१ र जनसंख्या ३६४३ यस्तै ३ नं. वडा  मटेला साविकका वडाहरु ६,७,८,९  र क्षेत्रफल १९.१९ ,परिवार संख्या ५४१ र जनसंख्या २७५८ रहेको छ । यस्तै ४ नं. वडा कार्यालय मटेला  साविकका वडाहरु १,२,३,४,५ क्षेत्रफल ३२.१८, परिवार संख्या ४८० र जनसंख्या ३३०४ रहेको छ । यस्तै ५ नं. वडा  अवलचिङ्ग साविकका वडाहरु १ देखि ९ सम्म र क्षेत्रफल १४.४१ ,परिवार संख्या ३८६,र जनसंख्या २३३८ रहेको छ । यस्तै ६ नं. वडा कार्यालय पाम्का  साविकका वडाहरु १ देखि ९ सम्म क्षेत्रफल २७,परिवार संख्या ३८९,र जनसंख्या २१७० रहेको छ ।

जन प्रतिनिधि

गाउँपालिका अध्यक्ष
अध्यक्ष
चिङ्गाड गाउँपालिका वडा न‌ं. ५ अवलचिङ्ग
उपाध्यक्ष

पदाधिकारी

नि.प्रमखु प्रशासकिय अधिकृत
योजना अधिकृत छैठौ
9860300756
इन्जिनियर
सूचना प्रविधि अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता

सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र

जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव

सेवा दिने कार्यालयः- वडा कार्यालय

सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क र ३५ दिन पछी आएमा रु ५०/-

आवश्यक कागजातहरुः-

निवेदन पत्र

बालकको बाबु/आमाको नागरिकता

चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि

जानकारी