FAQs Complain Problems

चिङ्गाड गाउँपालिकाको कार्यालय अवलचिङ्ग

Read More

भैरव माध्यमिक विद्यालय अवलचिङ्ग

Read More

जनता मावि रानिवास

Read More

चिङ्गाड गाउँपालिकाको वेवसाइटमा तपाईहरुलाई स्वागत छ ।

सुर्खेत जिल्लाको उत्तर पृर्वमा रहेको यो क्षेत्र अधिकांश भुभाग पहाडी क्षेत्रले बनेको छ । साविकका, रजेना,रानीवास,मटेला,अवलचिङ्ग,पाम्का गा.वि.स हरु मिलेर चिङ्गाड गाउँपालिका बनेको छ । तुलानात्मक रुपमा गोलो आकृती भएको यो गाउँपालिकाको अक्षांश २८० ३१' ५०'' उत्तर देखि २८० ४३' ५०'' उत्तर सम्म र देशान्तर ८१० ४४' ५१'' पूर्व देखि  ८१०५५' १४'' पूर्व सम्म  फैलिएको छ । हाल प्रस्तावित यस गाउँपालिकाको २०७८ सालको राष्टिय  जनगणना अनुसार कुल जनसङ्ख्या १५ हजार ६ सय जना रहेकोमा पुरुष ७ हजार ३ सय ६७ जना र  महिला ८ हजार २ सय ३३ जनारहेका छन् । भने क्षेत्रफल १७०.१ वर्ग कि मि रहेको छ। पशुपालन तथा कृषिको उच्च सम्भावना रहेको यस गाउँपालिकामा जातिय रुपमा ब्राहमण,क्षेत्री,मगरहरुको बसोबास रहेको देखिन्छ । यस क्षेत्रका समुदायले नेपाली भाषालाई मातृभाषाको रुपमा प्रयोग गरेको पाईन्छ । यस क्षेत्रमा खेतीयोग्य जमिनका अतिरिक्त ठुलो भू-भाग जंगलले ढाक्नुका साथै भिरालो जमिनले बनेको  हुँदा यस क्षेत्रका मानिसहरु जिपिकोपार्जनका लागि कृषि,पशुपालनका अतिरिक्त नोकरी व्यापार व्यावसायमा संलग्न रहेका छन्  । अहिले पनि बाह्रै महिना सडक यातायातका पहुँच बाट बंचित यस क्षेत्रकका समुदायको समथर जमिनको अत्यन्त अभाव रहेको छ। यस गाउँपालिकालाई ६ वटा वडाहरुमा विभाजन गरिएको छ । जसमा साविकको रजेना गा.वि.स. लाई वार्ड नं. १ ,रानीवास गा.वि.स.लाई वार्ड नं. २,मटेला गा.वि.स. लाई वार्ड नं. ३ र ४,अवलचिङ्ग गा.वि.स. लाई वार्ड नं. ५ र पाम्का गा.वि.स.लाई वार्ड नं. ६ मा विभाजन गरिएको छ । यस गाउँपालिकाको केन्द्रको रुपमा हाललाई साविकको अवलचिङ्ग गा.वि.स. हाल वार्ड नं. ५ लाई तोकिएको छ ।  वडा नं.  १, रजेना साविकका वडा हरु १ देखि ९ सम्म क्षेत्रफल ४०.१७ परिवार संख्या ५५६ जनसंख्या २५५४ रहेको छ । यसै गरी २ नं. वडा कार्यालय रानीवास   साविकका वडाहरु १ देखि ९ सम्म क्षेत्रफल ३७.१४ परिवार संख्या ५७१ र जनसंख्या ३२४३ यस्तै ३ नं. वडा  मटेला साविकका वडाहरु ६,७,८,९  र क्षेत्रफल १९.१९ ,परिवार संख्या ५४१ र जनसंख्या ३०२१ रहेको छ । यस्तै ४ नं. वडा कार्यालय मटेला  साविकका वडाहरु १,२,३,४,५ क्षेत्रफल ३२.१८, परिवार संख्या ४८० र जनसंख्या २६०३ रहेको छ । यस्तै ५ नं. वडा  अवलचिङ्ग साविकका वडाहरु १ देखि ९ सम्म र क्षेत्रफल १४.४१ ,परिवार संख्या ३८६,र जनसंख्या २२१४ रहेको छ । यस्तै ६ नं. वडा कार्यालय पाम्का  साविकका वडाहरु १ देखि ९ सम्म क्षेत्रफल २७,परिवार संख्या ३८९,र जनसंख्या १९६५ रहेको छ । 

 

 

गाउँपालिका बाट प्रप्त हुने प्राकृतिक प्रकोप सहायता कसरि प्रप्त गर्ने ।

उत्तर :  प्रहरी सर्जिमिन मुचुल्का , सम्बन्धित वडाको सिफारीस सहित निवेदन दर्ता गर्ने, तोक लगाउने र स्थानिय तहले तोकिएकाे सहायता उपलब्ध गराउने छ ।

उपभोक्ता समिति गठन तथा योजना सम्जाैता गर्दा आवश्यक पर्ने विषयहरु ।

१. याेजना वाट लाभान्वित हुने उपभोक्ताहरुको भेलावाट याेजना तथा कार्यक्रम संचालन उपभोक्ता समिति गठन भएकाे भेलाको निर्णय सहितको प्रतिलिपि थान – १

२. प्राविधिकवाट सर्भे भएकाे प्राविधिक स्टमेट थान – १

३. याेजन सम्झौता गरिदिने माग सहितको सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र थान –१

४. योजना संचालन गर्न गठित उपभोक्ता समितिमा रहेका पदाधिकारीहरुका नेपालि नागरिकता प्रमाण मत्रको प्रतिलिपि थान –१/१

५. योजना रकम भुक्तानीको लागी तोकिएको बैंक खाता संचालनको लागी वडा कार्यालयले पठाएको सिफारिस पत्र को थान –१

जन प्रतिनिधि

कर्मचारीहरु

प्रमुख प्रशासकीय अधिकृत
योजना अधिकृत (सातौँ)
सूचना प्रविधि अधिकृत (सातौँ)
लेखा अधिकृत

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क
आवश्यक कागजातहरुः-

निवदेन पत्र 

बालकको बावु/ आमाको नागरिकता

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्ललय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क / म्याद नाघि आएमा रु ५०/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बाट जारी बसाई सराईको कागजात
  • जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने।
  • बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
  • जाने - आउने सबै व्यक्तिको नागरिकता / जन्म दर्ताको प्रतिलिपि
  • चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क / म्याद नाघि आएमा रु ५०/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
  • मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
  • अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
  • मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
  • सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सचिव, न्यायीक समितिको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्ललय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क / म्याद नाघि आएमा रु ५०/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
  • पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
  • केटाको स्थायी ठेगाना सम्बन्धित बडाको हुनु पर्ने ।
  • अनुसूचि फारम भरि ल्याउनु पर्ने
सेवा प्रकारः-
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सचिव, कार्यालय सहायक तता राजश्व शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा गाउँपालिका कार्यालय
सेवा शुल्कः- निय‍मानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • भवन नक्शा स्वीकृत प्रमाण पत्र र नक्शाको प्रतिलिपि
  • भवन / जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
  • नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन
  • मालपोत तिरेको रसिद
  • नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि
  • मूल्याङ्कन प्रतिवेदन वा रिपोर्ट
सेवा प्रकारः- ब्यवसाय
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सचिव, आर्थिक विकास शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
  • २ प्रति फोटो
  • घर बहाल सम्झौता
  • आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
  • स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता ग व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- ब्यवसाय
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सचिव, आर्थिक विकास शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकृति र कारोवार हेरी नियमानुसार लाग्ने शुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • नागरिकता प्रमाणापत्रको प्रमाणित प्रतिलिपि
  • स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • बहाल सम्झौताको प्रतिलिपि
  • आफ्नै घर भए टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • विवाहित महिलाको हकमा पति/आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • चारात्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
  • पाँच प्रति फोटो
  • विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि(विवाहिताको हकमा)
  • बसाँईसरी आएको हकमा बासाँईसराइको प्रमाण पत्रको प्रतिलिपि
  • दुवैकान देखिने पासपोर्ट साइजको फोटो २ प्रति
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • कर्मचारी परिवारकोहकमा सम्बन्धित कार्यालयको सिफारिस
  • नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
सेवा प्रकारः- छोरी खाता
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- महिला विकाश शाखा, र प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा गाउँपालिका कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१ . छोरीको जन्म दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
२. अभिभावकमध्ये एक वा दुवै जनाको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
३. छोरीको पासपोर्ट साइजको फोटो थान – ६
४. अभिभावक वा संरक्षकको पासपोर्ट साइजको फोटो थान – ६
५. बैकल्पिक स्याहारमा रहेको छोरीको हकमा संरक्षण गर्ने संस्थाले संरक्षकत्व ग्रहण गरेको अवस्थामा
संरक्षकत्व गरेको प्रमाणको प्रमाणित प्रतिलिपि र संस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपि ।
६. व्यक्ति संरक्षक भएको अवस्थामा व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकत्व ग्रहण गरेको प्रमाणको प्रतिलिपि ।
७. अस्पताल वा स्वास्थ्य केन्द्र वा तालिम प्राप्त  सुडेनीको सेवावाट प्रसुती भएको भए सम्भव भएमा सोको प्रमाणपत्रको प्रतिलिपि । 

जानकारी

//